बीपीले पहिलोपटक स्वास्थ्य शिक्षा र सञ्चार पु-याएको गाउँको समस्या उस्तै


काठमाडाैं ।

वैशाख ३० को निर्वाचनमा बेथान्चोक गाउँपालिकामा नेपाली काग्रेसको तर्फबाट अध्यक्षको उम्मेद्वार दाबी गरिरहेका कांग्रेस नेता भगवान अधिवारी बुधबार वडा नं ६ भुदेउ पुगे । पढाइका साथै खेलकुदलाई पनि संगै अघि बढाइरहेको त्यहाँको सरस्वती माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुदको ड्रेस वितरण गर्न भुदेउ पुगेका कांग्रेस नेता अधिकारीसँग गाउँलेको माग थियो । स्वास्थ्य, शिक्षा, सडक, खानेपानीको स्तरोन्नति र सिँचाइको सुविधा ।

पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले गाउँगाउँमा विकास पु-याउनुपर्छ भन्दै स्वास्थ्य चौकी, पाठशाला, हुलाक स्थापना गरेको भूदेउमा पहिलेदेखि नै राजनीतिक र विकासको चेतना भएका व्यक्तिहरुको बसोबास रहेको अनुमान गर्न सकिन्छ । तर, पनि आम गाउँघरको जस्ते यहाँको पनि समस्या ज्यूँ का त्यूँ छ ।

प्राकृतिक स्रोत साधनको रुपमा पानीको मुहान छ तर बारी बाझै छ । यहाँका किसानहरू खेतीको लागि आकाशे पानीको भर पर्नुपरेको छ । ‘यहाको सिमसिम खोला र न्यारे खोलाबाट सिँचाइ मात्र हैन खानेपानी र सरसफाइको लागि एक घर एक धारोको व्यवस्था गर्न सकिन्छ’ स्थानीय बासिन्दा श्रीमहल सिंह तामाङ भन्नुहुन्छ– सिँचाइको व्यवस्था भए कृषि उत्पादन दोब्बर हुन्छ । परम्परागत कृषि पेशा अंगाल्दै आएका यहाका कृषकहरूलाई व्यवसायिक र आधुनिक कृषि पेशामा आकार्षित गर्न सिँचाइसुविधान अनिवार्य अवाश्यक देखिन्छ । २०३९ सालमा वडा अध्यक्ष भएका श्रमहलको भनाइमा एक घर एक धाराको व्यवस्थामा समेत स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

भूदेउबाट जिल्लाको व्यापारिक केन्द्र बनेपा, ठूलो विश्वविद्यालय अस्पताल भएको केन्द्र मात्र हैन सदरमुकाम समेत रहेको धुलिखेल आइपुग्न करिब ३० किलो मिटरको दूरी छ । कच्ची बाटो र कम मात्रामा चल्ने सार्वजनिक यातायातका करण यहाँका बासिन्दालाई पनौती, बनेपा, धुलिखेल आइपुग्न झण्डै चार घण्टा लाग्छ । बेथानचोक गाउँपालिकाको केन्द्रमा पुग्न तीन घण्टासम्म लाग्छ । स्थानीय ज्ञान वहादुर तामाङ भन्नुहुन्छ– कोही विरामी भएर अस्पताल लैजान एम्बुलेन्स बोलाउन प-यो भने बेथानचोक गाउँपालिकाको केन्द्रबाट भुदेउ गाउँसम्म आइपुग्न कम्तिमा पनि ४५ मिनेट लाग्छ । उहाँका अनुसार सडकको स्तरोन्नति गरेमा एम्बुलेन्स १५ मिनेट भित्र आइपुग्ने बनाउन सकिन्छ भने यातायातको सहज पहुच पु-याउन सके पनौती, बनेपा, धुलिखेल ४५ मिनेटभित्र पुग्न सकिन्छ ।

दुर्गम ठाउलाई तत्काल सुगम सरह सुविधा उपलब्ध गराउन यिनै कुराहरूको आवश्यक पर्ने बताउँदै स्थानीय गाउँलेहरूले अबको नेतृत्वले सडकको स्वास्थ्य, शिक्षाका साथै स्तरोन्नती खानेपानी तथा सिचाई व्यवस्थामा ध्यान दिनुपर्ने बताएका छन् । इन्टरनेट पनि यहाको अत्यावश्यक विषय हो । गाउँपालिका र वडा जोड्ने सञ्चार नेटवर्क भएमा वडा बाट गाउपालिका मात्र हैन सदरमुकाममा गएर गर्नुपर्ने काममको पनि फेरी दोहो-याएर वडामा आउनु नपर्ने गरी काम गर्न सहज हुन्छ । कृषि उत्पादनको वजारीकरण, कोल्ड स्टोरको अभाव यहाको अर्को समस्या हो । पशुपालनको प्रचुर सम्भावना रहेको भूदेउपमा उत्पादनमूलक व्यवसाय सञ्चालन गरेर रोजगारीको समेत व्यवस्था गर्न सकिने देखिन्छ ।

खेलकुदलाई समेतसँगै अगाडि बढाइरहेका विद्यार्थीहरूलाई ड्रेस वितरण गर्न र यहाँको समस्यालाई बुझ्न वुधबार भुदेउ पुगेका काग्रेस नेता अधिकारीले भन्नुभयो– यहाँको तमाम समस्या समाधान गरि यहाँका बासिन्दाहरुलाई यहि बसेर उत्पादनमुखि कार्य गर्न सक्ने बनाउन गुरु योजना बनाएर अघि बढ्नेछु । सुगम समुहले उपलब्ध गराएको ५० जोर खेलकुद ड्रेस उपलब्ध गराउँदै उहाँले आफू भुदेउलगाएत समग्र बेथानचोक गाउँपालिकाको विकासका लागि नेतृत्व लिन अघि बढेको बताउनुभएको थियो ।