एनसीसी बैंक र दराजबीच सम्झौता

0
Shares

काठमाडौं ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरूण फुयाँलले हस्ताक्षर गर्नु भएको हो ।

बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत २८ को दिन देखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजारसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । उक्त छुट प्राप्त गर्नकालागि बैकका ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ ।

ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन बैंकले आग्रह गरेको छ ।सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो ।