चाल्नाखेलमा केवलकार निर्माण गरिने


काठमाडौं ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–ं १ को चाल्नाखेल, वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेन्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।

चम्पादेवी ईको फ्रेन्डली कम्पनी प्रालिले एक पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया शुरू हुने जानकारी दिए । उहाँका अनुसार अबको तीन वर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ ।

कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाँडाहरू गरी करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानुनी अवरोधको निकास सम्मानित सर्वोच्च अदालतबाट २०७४ कात्तिक २८ को निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । केबलकार परियोजना २०७६ बैशाख २ गते बसेको७१औँ नगर कार्यपालिकाको निर्णयअनुसार २०७६ वैशाख ६ गते केबलकार निर्माण तथा सञ्चालन अनुमति प्राप्त भएको हो ।

कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट मिति २०७६ वैशाख ६ गते निर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरेपश्चात् निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरू नेपाल तथा नेपाल बाहिर विभिन्न देशमा वस्ने भएको हुँदा जग्गाधनीलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरू ख्रिद गर्ने काम सम्पन्न गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्तकार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशै भरी फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिनाकामगर्न नसकी सो पश्चात् उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यकपार्किङ्ग एरिया सर्भे गरिएको, रोपवेको सर्भे गरिएको चम्पादेवीमाताको मन्दीर एरिया, माउण्टेन–१ र २ सर्भेको कामभएको छ ।

कम्पनीले उक्त केबुलकार सञ्चालनकालागि डिजाइन अस्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनीका अनुसार यहाँ ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाइन वरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५ सयदेखि ६ सय करोड अनुमानित खर्च गर्ने योजना रहेको जानकारी गराएको छ ।