एमाले अध्यक्ष ओलीद्वारा शान्ति निकेतन माध्यामिक विद्यालयको भवन हस्तान्तरण

0
Shares

काठमाडौं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले (बुधबार) भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा निर्माण भएको शान्ति निकेतन माध्यामिक विद्यालयको भवन वडा अध्यक्ष किरण थापालाई हस्तान्तरण गरेका छन्  । एडिबीद्वारा निर्मित ४ करोड ९७ लाखमा बनाइएको उक्त भवन भूकम्परहित बनाइको हो  ।

बालबालिकालाई सिपमूलक शिक्षामा जोड दिनुपर्ने बताउँदै अध्यक्ष ओलीले यो गठबन्धन कुहिएको सरकार हो अब झर्न बाँकी रहेको बताएका छन् ।यो गठबन्धनले कुनै पनि नयाँ काम नगरी एमालेले नै गरेको पुराना कामको उद्घाटन गरेको आरोप लगाएको छन् ।आगामी निर्वाचनमा  एमालेलाई जिताएपछि फेरि विकास निर्माण कामलाई निरन्तरता दिई देशलाई प्रगतिको बाटोमा लैजाने बताएका छन् ।

अहिलेको सरकार जालझेल र परमादेशबाट आएको सरकार हो जन निर्वाचित सरकार हैन अब एक दिन घाम लाग्नेछ एमालेले पक्कै मुहार फेर्ने उनले बताए  । विद्यालय हस्तान्तरण कार्यक्रममा मायाको चिनो स्वरूप ओलीको फोटो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको , पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य महेश बस्नेत , वाग्मती प्रदेश सभा सदस्य शशिजंग थापा , नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजा , भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा , विद्यालयका शिक्षक, विद्यार्थीलगायत दुई सय जनाभन्दा बढीको को उपस्थिति रहेको थियो ।