मन्त्री बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी


न्युज अफ नेपाल, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनामा मन्त्री पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो ।

कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरी बडूलाई उद्योग मन्त्री बनाइएको हो । गत २४ असोजमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री जेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको थियो ।