न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् । उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उनी आयोग जान लागेका हुन् । आयोगले कानून विपरिक आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।
प्रतिक्रिया