प्रधानमन्त्री देउवाद्वारा टाइफाइडविरुद्ध खोपको उद्घाटन

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ ।

बालबालिकालाई शुक्रबारदेखि खोप दिइदैछ ।  नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।