१५ वर्षमुनिका ५३ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप


रामधन राई, खोटाङ ।

खोटाङमाझण्डै ५३ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार आठ सय ४० बालबालिकालाई चैत २९ देखि वैशाख ४ गतेसम्म खोप लगाइने भएको हो ।

१५ महिनादेखि २३ महिनासम्मका दुई हजार नौ ७८ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार पाँच सय ५१ जना बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

यस्तै, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका छ हजार तीन सय जना बालबालिकालाई खोप दिने तयारी गरिएको कार्यालय प्रमुख सिग्देलको भनाई छ ।खोपका लागि सात सय ११ केन्द्र निर्धारण गरिएकोमा एक हजार चार सय ४२ स्वयंसेवक र सात सय २७ खोप कार्यकर्ता खोप अभियानमा परिचालित हुने जनाइएको छ ।