सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग : भैरहवा–११ र जेभी वरियर्स लुम्बिनी विजयी

0
Shares

भैरहवा ।

रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा हुँदै गरेको चौथो संस्करणको खेलमा तिलोत्तमा टाइगर्सलाई ५ विकेटले पराजित गर्दे भैरहवा–११र दोस्रो खेलमा न्यु होराइजनलाई ९३ रनले हराउँदै जेभी वरियर्सले खेल जितेको हो ।

पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जसका लागि आयुष्मान् बमले २९, निर्मल गुरुङले १५ रनको योगदान गरे । बलिङ तर्फ अभिषेक गौतमले ४, अरशद खानले २ विकेट लिए ।

जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको भैरहवाले १८ दशमलव ५ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि सन्दीप रजाइलीले एकलै ५४, पुरन विकले ३० रन बनाए । बलिङ तर्फ अजय चौहानले २ विकेट लिए । पहिलो खेलमा भैरहवाका अभिषेक गौतम म्यान अफ द म्याच भए ।

यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो । जसका लागि लोकेश बलमे ८६, रोहित पौडेलले ५४ रन बनाए । बलिङ तर्फ मोहम्मद हुसेनले २ विकेट लिए। १५७ रनको लक्ष्य पाएको न्यु होराइजनले १२ ओभरमै अलआउट भएपछि हार व्योहोर्नु पर्‍यो । ६३ रनमा समेटिएको टिमका लागि मनिस थापाले १८ राहुल शर्माले ११ रन बनाए पनि अन्य खेलाडी फिल्ड टिक्न सकेनन् ।

दोस्रो खेलमा लोकेश बम म्यानअफ द म्याच भए । बुद्धबारको नेपथ्य गोल्ड र मणिग्राम किंगसबीच तथा दोस्रो खेल भैरहवा र शंकरनगरबीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।