कङ्गोमा कार्यरत नेपाली सैनिक घाईते


न्युज अफ नेपाल, काठमाडौं ।

कङोमा कार्यरत अपरेशन बालीको दौरानमा एक नेपाली शान्ति सैनिक घाईते भएका छन् ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ एनइपी क्युरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन बालीको दौरान, प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा कर्डन एण्ड सर्चको कारवाही संचालन गरी, विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेपश्चात, विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट उक्त मिशनमा कार्यरत एक शान्ति सैनिक घाईते भएको हुन् ।

घाईते सैनिकलाई हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल २ अस्पतालमा थप उपचार भईरहेको छ । बाँकी फौजहरु सुरक्षितरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।