लमजुङमा चार दलीय गठबन्धन

0
Shares

 लमजुङ  । 
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ ।
निर्वाचनका सम्बन्धमा छलफलका लागि मंगलबार बसेको नेपाली कांग्रेस लमजुङ, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का जिल्लास्तरिय नेताहरूको बैठकले एक भएर आगामी निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका वडा वडादेखि गाँउगाँउ र नगरसम्म गठबन्धन गरेर निर्वाचनमा अघि बढ्ने निर्णय गरेको छ। गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयलाई स्वीकार गर्दै केन्द्रीय निर्देशन बमोजिम वडा देखि प्रतिवेदन तयार पार्न सबै दलका एक-एक प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदलसमेत गठन गरेको कांग्रेस
जिल्ला सभापति डा. टकराज गुरुङले बताउनु भयो ।
कार्यदलमा कांग्रेसका बाट जिल्ला सभापति डा.गुरुङ, माओवादी केन्द्रबाट जिल्ला संयोजक मधु अधिकारी, एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष रामबाबु अधिकारी र  जसपाबाट जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन । जनताको भावनाअनुसार उम्मेदवार छनोट हुने संयन्त्र निर्माण गरि आगामी दिनमा सोहीअनुसार उम्मेदवार टुंगो लगाउने निर्णय भएको कांग्रेसका जिल्ला सभापति गुरुङले बताउनु भयो ।
पार्टीका दलहरुले दलगत वस्तुस्थिति प्रतिवेदन संयुक्त रूपमा तयार गरी आआफ्नो पार्टीको केन्द्रमा पटाइने माओवादी केन्द्र जिल्ला संयोजक अधिकारीले बताउनु भयो । एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारीका अनुसार अगामी निर्वाचनमा केन्द्रीय निर्णय बमोजिम नै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाइनेछ । यद्यपि कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने टुङ्गो लगाइ नसको अधिकारीले बताउनु भयो ।