तत्काल उम्मेदवार नतोक्न कांग्रेसको सर्कुलर

0
Shares

काठमाडौं । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विधान अनुसार उम्मेदवार छनौटको सबै प्रक्रिया अघि बढ्छ । केन्द्रबाट अर्को निर्देशन जारी नभएसम्म उम्मेदवार छनौटको अन्तिम निर्णय गर्ने संसदीय समितिलाई अहिले निर्णय नगर्नु भनिएको हो ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनको लागि उम्मेदवार छनौट प्रक्रिया अघि बढाइरहेको प्रमुख सत्ताधारी दल नेपालीकांग्रेसले उम्मेदवार घोषणा गर्ने निकायलाई तत्काल उम्मेदवारे निर्णय नगर्न पत्राचार गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरूबिच चुनावी तालमेल गर्ने कुरा संगै कांग्रेसको ७ सय ५३ वटै स्थानीय तहमा वडा सदस्य देखि पालिका अध्यक्ष सम्मको उम्मेदवार छनौट कार्य अघि बढेको छ ।

कांग्रेस को वडा अध्यक्ष सम्मको उम्मेदवार घोषणा प्रतिनिधिसभा संसदीय समितिले गर्छ भने गाउपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार घोषणा जिल्ला संसदिय समितिले गर्छ । उपपमहानगरपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा प्रदेश संसदिय समितिले गर्छ । उम्मेदवार बारे निर्णय गरी घोषणा गर्ने जिल्ला, क्षेत्र र प्रदेश तीन वटै संसदीय समितिलाई तत्काल निर्णयको काम नगर्न कांग्रेस केन्द्रले सर्कुलर जारी गरेको हो । महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट केन्द्रीय संसदीय समितिले गर्छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार कांग्रेसको उम्मेदवार छनौट प्रक्रिया रोक्ने भनेका नभै टिकट दिने निकायलाई मात्र तत्काल निर्णय नगर्नु भनिएको हो । कांग्रेस विधानमा वडा अध्यक्ष सम्मको उमेद्वारको लागि वडा कार्यसमितिले प्रत्येक पदको लागि एक महिला सहित बढीमा तीन जनाको नाम सिफारिस गरी माथिल्लो निकायमा पठाउनु पर्छ  ।

यसैगरि पालिकाको प्रमुख र उपप्रमुखको लागि पनि पालिका समितिले एक पदको लागि एक महिला सहित बढीमा तीन जनाको नाम सिफारिस गरी माथिल्लो निकायमा पठाउनु पर्छ । वडा बाट पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला हुदै माथिल्लो निकायमा उमेद्वारको नाम सिफारिस हुन्छ ।

‘उम्मेदवार सिफारिसको प्रक्रिया यथावत रहन्छ, उमेद्वारको घोषणा गर्ने निकायलाई मात्र अहिले निर्णय नगर्नु भनेको हो’ कांग्रेस मुख्य सचिव पौडेलले जारी सर्कुलर बारे भन्नुभयो– क्षेत्र, जिल्ला र प्रदेश संसदीय समितिले केन्द्रबाट अर्को निर्देशन जारी नभए सम्म कुनै निर्णय नगर्नु भनिएको हो । सत्ता गठबन्धनमा रहेका दलहरूबिच चुनावी तालमेल हुने सम्भावना बढेकोले कांग्रेसले टिकट दिने निकायलाई यो सर्कुलर गरेको हो ।

सत्ताघटक दलको सोमबार बसेको बैठकले पनि तालमेलको तयारी र अनुगमन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । कांग्रेसको स्थानीय निर्वाचनको लागि उम्मेदवार छनौट प्रक्रिया अन्तर्गत अधिकांश वडाबाट वडा अध्यक्ष सम्मको उम्मेदवार सिफारिस गरी माथिल्लो निकायमा पठाइसकेको छ भने पालिका स्तरमा प्रमुख र उपप्रमुखको लागि सिफारिस प्रक्रिया अघि बढिरहेको छ । विधान अनुसार उम्मेदवार छनौटको प्रक्रिया सबै अगाडी बढ्छ, मुख्य सचिव पौडेल भन्नुहुन्छ– यो सर्कुलरले उमेद्वारको अन्तिम निर्णय गर्ने निकायले मात्र होल्ड गरेर राख्ने हो ।