हातहतियार बुझाउन प्रशासनको अनुरोध



रसुवा, (नेस) ।

जिल्ला प्रशासन कार्यालय रसुवाले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकैको प्रहरी चौकीमा बुझाउन अनुरोध गर्दछु ।’ –प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जारी गर्नुभएको सूचनामा भनिएको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउन सूचना गरिएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्