इन्टरसँग हार्‍यो युभेन्ट्स



रोम ।

इटालियन सिरी ‘ए’ लिगमा इन्टर मिलानले युभेन्ट्सलाई हराएको छ । युभेन्ट्सको घरेलु मैदानमा इन्टर १–० ले विजयी बनेको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा युभेन्ट्सलाई हराउन पहिलो हाफमा हकान चलहानो ग्लुको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको हो ।

यो जितस“गै इन्टरको ३० खेलबाट ६३ अंक भएको छ । पराजित युभेन्ट्सको ३१ खेलबाट ५९ अंक छ । त्यस्तै, अन्य खेलमा फियोरेन्टिनाले इम्पोलीलाई १–० ले तथा नेपोलीले एट्लान्टालाई ३–१ पराजित गर्दा उडिनेसले क्याग्लिएरी ५–१ ले र रोमाले साम्पडोरियालाई १–० ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्