राष्ट्रपति भण्डारीद्बारा भोलि काष्ठमण्डपको उद्घाटन

0
Shares

काठमाडौं ।

पुनःनिर्माण सुरु गरेको ३ वर्ष ८ महिनापछि  काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।  सम्पन्न भएको सो सम्पदाको आज  सोमबार उद्घाटन हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाेलि दिउँसो १ बजे उद्घाटन गर्न लाग्नुभएको हो । काष्ठमण्डप पुन निर्माण समितिका संयोजक एवं बागमती प्रदेश सांसद राजेश शाक्यका अनुसार राष्ट्रपति भण्डारीले सो सम्पदाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समितिले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

  विसं २०७२ वैशाख  १२ गते गएको  भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो । काम पाको स्वामित्वमा रहेको काष्ठमण्डप कसले पुन निर्माण गर्ने ? भन्ने विषयमा विवाद भैरहदा  प्रदेश सांसद राजेश शाक्यको संयोजकत्वमा स्थानीयको सहभागितामा ५५ सदस्यीय समिति निर्माण गरी पुनःनिर्माण सुरु गरिएको थियो । पत्रकार सम्मेलनमा संयोजक शाक्यले भन्नुभयो–काष्ठमण्डप पुन निर्माण गर्न करिब ८ हजार क्युफिट नया र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको थियो ।

 उहाका अनुसार करिब १ लाख ६० हजार मा अप्पा, १५ हजार तेलिया इट्टा प्रयोग भएको छ । कामपा र पुरातत्त्व विभागले करिब १९ करोड खर्च हुने इष्टिमेट गरेपछि खर्चको विषयमा विवाद बढेको थियो । इष्टिमेटमा शंका लागेपछि कामपाले आफ्नै खर्चमा पुनःनिर्माण गर्ने योजना बनाएको थियो । सोही योजनाको आधारमा सुरु गरिएको पुनःनिर्माण सम्पन्न गर्न करिब साढे ११ करोड रुपियाँ खर्च भएको थियो । हालसम्म कामपाले  ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।

  काष्ठमण्डप पुन निर्माण गर्न विभिन्न ६ जिल्लाबाट ल्याइएका काठहरु काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको छ । अब एउटै काठले बनेको भन्ने किंबदन्ती अब हटेको छ । पुरातात्त्विक महत्त्वको काष्ठमण्डप काठैकाठले बनेको छ ।

भूकम्पअघिको संरचनामा प्रयोग भएका काठ पाचौँ शताब्दीका भएको तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको सो सम्पदा को  जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्त्व विभागको टोलीले गरेको पुरातात्त्विक अनुसन्धानले पनि औँल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।

अध्ययनका क्रममा काष्ठमण्डपको इतिहास कम्तीमा ७ औँ शताब्दी हाराहारीमा भएको हुनसक्ने प्रमाणहरू भेटिएको थियो ।  काष्ठमण्डपमा प्रयोग गरिने निर्माण सामग्रीको गुणस्तर निर्धारण गर्ने सन्दर्भमा पनि केही परीक्षण गरिएको थियो ।