सत्तारुढ गठबन्धनले रूपन्देहीमा चुनावी तालमेल गर्ने



बुटवल ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रूपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गदै तालमेल गर्ने निर्णय गरेको छ् । नेपाली कांग्रेस रूपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सोका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजबादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ । उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनकामा जिल्लाको बस्तु स्थिति बुझी केन्द्रलाई सुझाव पठाउने छ ।

भने जिल्लामा आवश्यक रणनीति तय गर्नेछ । संयन्त्रले आ–आफ्नो पार्टीको स्थानीय तहमा वस्तु स्थिति बुझी यही चैत २२ गते थप छलफल गर्ने जनाएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, कांग्रेस रूपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, शुशिल गुरुङ्ग, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जनता समाजवादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजवादीका इन्चार्ज सिद्धीचरण भट्टराई, माओवादी केन्द्रका सोनिया यादव, माओवादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्यलगायतको सहभागिता रहेको थियो ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन र शुद्धोधन गाउँपालिकामा एमालेले जितेर पहिलो पार्टी बनेको थियो । त्यसैगरी जनता समाजवादी पार्टी दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा थिए । गठबन्धन इमान्दारीतापूर्वक कार्यान्वयन भए जिल्लाको १६वटै पालिकामा जित हासिल गर्ने गठबन्धनका नेताहरूको दावी छ ।

प्रतिक्रिया दिनुहोस्