लागु औषधसहित दुई जना पक्राउ



सिरहा ।

लहान  नगरपालिका -२३ को ठाडी  सडक खण्डमा सशस्त्र प्रहरीले ठूलो मात्रामा लागु औषध बरामत गरेको छ । छिन्‍नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीको टोली र सुरक्षा वेश लहानबाट खटेको सशस्त्र प्रहरी बलको टोलीले शनिवार  राती नुरफिन २९९, ईन्जेक्सन र  प्रोमाथोजिन हाइड्रो क्लोराइड २५०, डाईजोफ्म  २८० पिससहित बीआर ३२ एडी २६१७ नम्बरको सवारी चेकजाँचको क्रममा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागु औषध ओसार प्रसार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका २३ का २० बर्सिया अजय सहनी र सोही ठाउँका २६ वर्षका संकर सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

थप दुई जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको बताइएको छ । पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बल नं. ७ गण सिरहाका गणपति  सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार थापा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्