आज चैत १८ गते शुक्रबार, यस्तो छ राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुने र मन खुसी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वाणीमा कुशलता आउने दिन पनि हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट

प्रतिक्रिया दिनुहोस्