‘सरकारले बजेट खर्च गर्न जानेन’



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारले बजेट खर्च गर्न नजानेको बताउनुभएको छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले बुधबार गरेको पत्रकार सम्मेलनमा उहाँले सो बताउनुभएको हो ।

अघिल्लो सरकारले शुरु गरेका सिँचाइका ४४ वटा आयोजनामध्ये अधिकांश सम्पन्न भई ठेकदारले दुई महिनाअघि नै भुक्तानी मागे पनि सरकारले भुक्तानी दिन नसकेको पूर्वमन्त्री चौधरीको आरोप छ । ‘सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशतमात्र गरेको छ भने अर्कोतिर झन्डै डेढ अर्ब रुपियाँ दायित्व सिर्जना गरेको छ’, उहाँ भन्नुहुन्छ– ‘सिँचाइका योजनाहरुको मात्रै ४१ करोड ४० लाख र खानेपानी योजनाको १ अर्ब रुपियाँ प्रदेश सरकारलाई दायित्व सिर्जना भएको छ ।’

आन्तरिक रकमान्तर कसरी हुन्छ भन्ने जानकारीसम्मसरकारलाई नभएको आरोप लगाउँदै पूर्ववर्ती सरकारका प्रवक्ता समेत रहनुभएका चौधरीले अनावश्यकरूपमा फाइल रोकेर राखेको गुनासो गर्नुभयो । अहिलेको सरकारले बहुवर्षीय योजनाहरु अलपत्र पारेर ५ लाखर १० लाखका १२ सय योजनामा रकम बाँडेर उपभोक्ता समितिमार्फत काम गराउन खोजेको नेता चौधरी बताउनुहुन्छ ।

प्रदेशको स्थायी राजधानीका पूर्वाधारका लागि आएको विशेष अनुदान समेत सरकारले खर्च गर्न नसकी फ्रिज हुने अवस्था आइसकेको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्