तीन पत्रकार पुरस्कृत



जाजरकोट, (नेस) ।

नेपाली कांग्रेस जाजरकोटले स्वर्गीय रवीन्द्रशमशेर शाहको सम्झनामा आयोजना गरेको पाँचौं स्मृति सभामा नेपाल प्रेस युनियन जाजरकोट शाखाले तीन जना पत्रकारलाई ‘स्वर्गीय रवीन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’बाट बुधबार पुरस्कृत गरेको छ ।

विगतका वर्षमा महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेकाले तीन वर्षको पुरस्कार यस वर्ष एकैपटक वितरण गरिएको हो । नेपाल विद्यार्थी संघ जाजरकोटका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य, प्रेस युनियनका संस्थापक सदस्य स्वर्गीय शाहको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन कार्यकारी निर्देशक समीरजंग शाह, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका जिल्ला संवाददाता वासुदेव शर्मा र बद्री पन्तलाई प्रदान गरिएको थियो ।

समाजसेवामा सक्रिय शाहको २०७३ साल चैत १५ गते हत्या भएको थियो । पाँचतारा युवा संरक्षक मञ्च नामक संस्थाका अध्यक्षसमेत रहेका स्वर्गीय शाहले करिव १ सयभन्दा बढी युवालाई रोजगारी सिर्जना गरी समाजसेवामा जीवन समर्पित गर्दै आउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश उपसभापति सनतकुमार कार्कीले शाहलाई सम्झँदै भननुभयो– ‘उहाँ लगनशील, निडर स्वभाव, आत्मविश्वासी, क्षमतावान् हुनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्