रोल्पामा जापानले बनायो स्वास्थ्य तालिम केन्द्र



काठमाडौं, (नेस) ।

रोल्पा जिल्लास्थित रोल्पा नगरपालिकामा जापानी सहयोगमा निर्मित स्वास्थ्य तालिम केन्द्र सोमबार नेपालस्थित जापानी राजदूतावासका तर्फबाट हस्तान्तरण गरियो । जापानी अनुदान रकम अमेरिकी डलर ८० हजार ३ सय ७५ मा निर्मित सो केन्द्र जापानी सहयोग ‘विपन्न वर्गका लागि मानव सुरक्षा’ शीर्षकअन्तर्गत बनेको राजदूतावासले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

केन्द्र हस्तान्तरण कार्यक्रममा जापानी राजदूत किकुता युताकाले एक सन्देश पठाउँदै कोभिड–१९ का समयमा पनि केन्द्र निर्माणमा सबै जुटेकोमा प्रशंसा गर्नुभएको छ ।

स्थानीय स्वास्थ्य केन्द्रको भवन जीर्ण भई धराशयी भएका कारण नयाँ भवन बनाइएको र त्यसले स्थानीय समुदायलाई सुविधा पुर्याउने राजदूतावासको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्