शिवम् सिमेन्टद्वारा चरिकोटमा ग्राहकसँग छलफल



काठमाडौं (नेस) ।

शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माण कार्य गरिरहेका ग्राहकहरूसंग ‘ग्राहक अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहक उपस्थित रहेका थिए ।

उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापी विभागका नि. प्रमुख, भवन तथा पुनर्निमाण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिनसहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिले मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरूले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।

उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरूलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले ग्राहकहरूसँग अझ बढी अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुआत गरेको छ । यसअघि देशका विभिन्न स्थानका निर्माण कर्मी (मेसन) हरूलाई अन्तक्रिया कार्यक्रम दिइँदै आइरहेको थियो । निर्माण कार्य गरिरहेका ग्राहकहरूले निर्माणसम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माणसम्बन्धी प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रूपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्