महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्यालेन्डर सार्वजनिक



काठमाडौं (नेस) ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रधान कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको हो ।

प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरू क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा सञ्चालकहरू उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।

कारोबार सञ्चालन भएको ३ तीन वर्ष पुगेको छ । कम्पनीको हाल ६५ वटा शाखा/उपशाखा सञ्चालनमा रहेको छ भने तीन वर्षको अवधिमा कम्पनीले ३ अर्बभन्दा बढी प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले आउने असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्