काठमाडौं (नेस) ।
नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आउँदै गरेको नयाँ वर्षलाई लक्षित गर्दै ‘सीजी स्मार्ट होम, नयाँ वर्षको शुरूवात’ नामक नयाँ वर्षको स्किम बजारमा ल्याएको छ । यस स्किमअन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानको खरिदमा ४९ हजार ९ सयसम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
नेपालको उत्कृष्ट ब्रान्डका रूपमा प्रस्तुत सीजी ब्राण्डको यो स्किमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ । उक्त स्किमअन्तर्गत ग्राहकले सीजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टिभीको खरिदमा ५ हजार १ सय ९० बराबरको आकर्षक सीजीको स्पिकर र ५० इन्चसम्मका टिभीको खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् ।
त्यसै गरी ‘मल्टी डोर साइड बाइ साइड’ रेफ्रिजेरेटरहरूको खरिदमा हजार ६ सय ४० मूल्य बराबरको आकर्षक सीजीको इन्डक्सन चुल्हो प्राप्त गर्ने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया