बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीले नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको तालिम लिन थलेपछि उनीहरूको दैनिकी नै परिवर्तन भएको छ । तालिमले बालबालिकालाई अनुशासित र लगनशील बन्न सिकाएको छ ।
‘तालिम लिन थालेपछि बालबालिकाको दैनिकी तथा आचारणमा सुधार आएको छ’, अभिभावक हरिचन्द्र विष्ट भन्नुहुन्छ– ‘सेनाको तालिमले सानै भए पनि भविष्यमा रोजगारीको बाटो खुल्छ कि भन्ने आशा छ ।’ अनुशासन, लगनशील र राष्ट्रका लागि कुशल नागरिक उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले पछिल्लो समयमा देशभरका सामुदायिक तथा व्यावसायिक विद्यालयमा अध्ययनरत कक्षा आठदेखि १२ कक्षा अध्ययनरत विद्यार्थीलाई छनोट गर्दै आएको छ ।
बाजुराबाट मालिका माविमा अध्ययनरत ३६ र बडीमालिका इंग्लिस बोर्डिङ स्कुलका ३६ गरी यो वर्षका लागि गत शनिबार ७२ जना विद्यार्थीलाई नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिममा छनोट गरी कोहोलपुर पठाएको छौं’, मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुुभराज तिमिल्सिनाले भन्नुुभयो– ‘७९ दिनसम्म सेनाले विद्यालयमै आएर तालिम दिएको थियो । २१ दिनका लागि कोहोलपुर पठाएका छौं ।’
तालिमले विद्यार्थीलाई स्वाभिमान अनुशासित, लगनशील र राष्ट्रसेवामा टेवा पुर्याउने उहाँको विश्वास छ । १ सय दिनको सैन्य तालिम प्राप्त गरिसकेपछि विद्यार्थीको आचरणमा उल्लेखनीय परिवर्तन आएको प्रधानाध्यापक तिमिल्सिनाको भनाइ छ ।
मालिका माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रा उज्ज्वला विष्ट नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिमका लागि कोहोलपुर जाँदै गर्दा अत्यन्त खुसी देखिनुहुन्छ । नेपाली सेनाले आयोजना गर्दै आएको उक्त तालिम लिएपछि भविष्यमा सेना, प्रहरीलगायतका सुरक्षा फौजको छनोटका लागि प्रथमिकतामा पर्ने उहाँको बझाइ छ । पिटी, कवाज र अनुशासित बन्न एनसीसी तालिमको मुख्य सिकाइ रहेको विष्ट बताउनुहुन्छ । राष्ट्रिय सेवा दल एक सहासी तालिम भएकाले उक्त साहास बटुुल्न छात्रामा पनि कमी हुँदैन भन्ने प्रमाणित गर्न पनि थप तालिम लिन कोहोलपुर जान लागेको उहाँको कथन छ ।
पछिल्लो समयमा उक्त तालिममा जान विद्यार्थीहरु स्वस्फूर्त अग्रसर देखिन्छन् । स्कुल, कलेज पढ्यो अन्तिममा सर्टिफिकेट बाकसमा थन्क्याएर खाडी मुलुक जानुपर्ने नेपाली युवायुवतीको बाध्यता छ । ‘सानैदेखि सैन्य तालिम लिन पाए देश र जनताका लागि पहरेदार बन्ने छौं ।’ –छात्रा भावना पाध्यायले भन्नुहुन्छ ।
देशभर ४७औं ब्याच पुगे पनि बाजुराको चौथो ब्याचका रूपमा विद्यार्थी छनोट गरेर पठाएको हो । ‘भविष्यमा सेनामा जानका लागि यो तलिमले सर्पोट गर्दोरहेछ । रोजगारी पाउने अभिलाषाले पनि विद्यार्थीको पछिल्लो समयमा एमसीसीप्रति आकर्षण बढेको छ ।’ –मालिका माविका शिक्षक शेरबहादुर रावल भननुहुन्छ । विगत केही वर्षयता नेपाली सेनाले बाजुराका विद्यार्थीलाई एनसीसी तालिम दिँदै आएको छ ।











प्रतिक्रिया