मुगु ।
पशुपालन व्यवसाय नै मुख्य आयआर्जनको स्रोत रहेको मुगुमा भेंडा पाल्ने किसानलाई थुमा वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नश्ल सुधारका लागि जिल्लाका उत्कृष्ट २९ जना भेंडा पालक किसानलाई थुमा वितरण गरेको हो ।
जिल्लाका किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लामा दुई प्रकारका मेरिनो र पोलर्थ जातका २९ वटा थुमा वितरण गरिएको पशु सेवा कार्यालय मुगुका प्रमुख भीमचन्द्र बुढाले बताउनुभयो । जिल्लामा ४० वटा थुमा वितरण गरिनुपर्ने हो तर ९ वटा थुमा नपाइएकाले वितरण गर्न नसकेको उहाँको भनाइ छ । कर्णाली प्रदेशअन्तर्गत रहेको छिमेकी जिल्ला जुम्लाको गोठिचौर फर्ममा भदौ महिनामा ४० वटा थुमाका लागि माग गरिएको थियो । जस अनुसार ९ वटा मेरिनो र पोलर्थ जातको थुमा उपलब्ध भएको र बाँकी थुमा अन्य फर्मकै समूहबाट ल्याइएको बुढाले बताउनुभयो ।
केन्द्रीय अनुसन्धान केन्द्रबाट कर्णालीका हिमाली जिल्ला मुगु, जुम्ला, कालिकोट, हुम्ला, डोल्पामा यसको लालनपालन चरिचरनमा पनि उत्तम मानिएको छ । संघीय सरकारबाट अनुमोदित भएर पालिएका थुमा कर्णालीका लागि चाखलाग्दो रहेको जानकारी दिएका छन् । जम्मा अनुमान लागत ५ लाखसम्म रहेको छ ।
छिमेकी जिल्ला जुम्लाको गोठीचौर फर्मबाट ल्याइएका थुमालाई वितरणसँगै बीमा पनि गरिएको थियो । बीमाका लागि सगरमाथा इन्सोरेयान्स कम्पनी लिमिटेड मुगुले २९ वटा थुमाको बीमाका लागि जिम्मा पाएको छ । पहिलो वर्ष कार्यालयले बीमा गरिदिने भएको छ भने आगामी वर्षहरूमा किसान स्वयंले गर्नु पर्ने बताइएको छ ।
भोलिका दिनमा अनुदानमा पाएका थुमाको मृत्यु भयो भने त्यसबापत पाउने रकम भुक्तानी होस् भनेर तथा किसानले पनि यो मात्रै नभई बीमा रकमले अन्य भेंडा थपी आयआर्जन गर्न सहज होस् भनेर बिमा गरिएको प्रमुख बुढा बताउनुहुन्छ । भेंडा पालनबाटै यहाँको कृषि क्षेत्रलगायत अन्य विविध विषयमा टेवा पुग्ने अपेक्षा राखिएको छ । पशु कार्यालयले यहाँका भेंडा पालन किसानलाई अनुदानमा थुमा वितरण गरेपछि जिल्ला मासुजन्य पदार्थ जिल्लामा अभाव नहुने अपेक्षा पशु सेवा कार्यालयको छ ।
कार्यालयले अनुदानका कार्यक्रम थालेकाले किसानलाई आयआर्जनमा सहज भएको सोरू गाउँपालिका कृषक जनकबहादुर रोकायाले बताउनुभयो । उहाँको गोठमा अहिले ६०÷७० वटा भेंडा रहेका छन् । नयाँ जातको भेंडा उत्पादनका लागि थुम्मा पाएपछि भेंडापालनमा थप आक्रर्षण बढेको उहाँको कथन छ ।











प्रतिक्रिया