आधारभूत पत्रकारिता तालिम शुरू

0
Shares

लमजुङ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको आयोजनामा विहीबारदेखि सदरमुकाम बेंसीशहरमा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । शाखाले विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकार एवं पत्रकारितामा रुचि राख्ने व्यक्तिलाई लक्षित गरी तनीदिने प्रशिक्षण आयोजना गरेको हो ।

बेंसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्र भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख अर्यालले पत्रकारितालाई विश्वासनीय बनाउन सञ्चारकर्मीहरुका लागि समयसापेक्ष तालिम आवश्यक रहेकोमा जोड दिनुभएको थियो । पछिल्लो समय सीप र क्षमताबिना पत्रकार बन्ने प्रवृत्तिले विश्वासनीयता कमजोर भएको दाबी उहाँको छ

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा शाखा संस्थापक अध्यक्ष एवं तालिम संयोजक नवराज पहाडीले स्वागतसहित तालिमको औचित्यबारे प्रकाश पार्नुभएको थियो । शनिबारसम्म हुने सो तालिममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झालगायत तालिम संयोजक पहाडी, नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्यद्वय नवीनराज कुइँकेल, किसान संगीत नेपाल, शाखा निर्वतमान सचिव एवं रेडियो मस्र्याङ्दी स्टेसन म्यानेजर सन्देश पौडेल, शाखा उपाध्यक्ष शान्ता कमलीलगायतले प्रशिक्षण दिनुभएको छ ।

४२ जनाको सहभागिता रहेको तालिम औपचारिक उद्घाटन कार्यक्रममा शाखा सचिव रुद्रहरि ढकालले सहजीकरण गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङले लामो समयपश्चात् पत्रकारिता तालिम आयोजना गरेको र आगामी दिनमा आधारभूत सँगै अन्य क्षमता अभिवृद्धिका तालिमहरुलाई निरन्तरता दिने शाखा अध्यक्ष अधिकारीले बताउनुभयो ।