पीएम कपमा प्रहरीको विजयी शुरुवात



बाँके ।

नेपालगञ्जमा आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नेपालका चार र दुईवटा भारतीय टीमले भाग लिएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएका छन् । पुलिसले आयोजक लुम्बिनी युनाइटेड क्लवलाई सोझो सेटमा पराजित गरेको हो ।

प्रहरीले २५–१४, २५–१३ र २५–९ को सेटमा लुम्बिनीलाई पराजित गरेको थियो । प्रहरीको सेट टिम अगाडि लुम्बिनीको टीम कमजोर देखिएको थियो । चैत्र १४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तिसगढ स्पोर्टस एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्टस क्लब सहभागी रहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । यसपालि तीनपटक च्याम्पियन बनेको एपीएफ सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्