बार्टीले गरिन् संन्यासको घोषणा



Ashleigh Barty of Australia poses for a photograph with the Daphne Akhurst Memorial Cup during a media opportunity a day after winning the Women’s singles final of the Australian Open tennis tournament in Melbourne, Sunday, January 30, 2022. (AAP Image/Dave Hunt) NO ARCHIVING ** STRICTLY EDITORIAL USE ONLY, NO COMMERCIAL USE, NO BOOKS **

महिला टेनिसकी विश्व नम्बर एक खेलाडी एश्लीग बार्टीले कम उमेरमै व्यवसायिक करियरबाट संन्यासको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियालीले यो घोषणा गर्दै विश्व खेलकुदलाई नै आश्चर्यचकितमा पारिन् । बार्टीले बुधबार आफ्नो सामाजिक संजालमा घोषणा गरेको एक भिडियो पोस्ट गरेकी थिइन् ।

बार्टीले इन्स्टाग्राममा लेखेकी थिइन्–आजको दिन मेरो लागि मुश्किल छ किनभने मैले टेनिसबाट संन्यास लिने घोषण गरिरहेकी छु । मलाई यो खेलले जे पनि दियो त्यसको लागि म आभारी छु र गर्व पनि महसुस गरिरहेकी छु । ती सबै व्यक्तिहरुलाई धन्यवाद पनि छ, जसले मलाई समर्थन गरेका छन् ।

विम्बल्डन जितेपछि नै संन्यास लिने मन
बार्टीले यो निर्णय अचानक लिएकी होइनन् । पछिल्लो वर्ष विम्बल्डनपछि नै यसबारे उनले सोचिरहेकी बताएकी थिइन् । उनले भनिन्—म धेरै समयदेखि संन्यासको बारेमा सोचिरहेकी थिएँ । मेरो करियरमा कयौं शानदार क्षण आए जुन मेरो लागि धेरै महत्वपूर्ण थियो । पछिल्लो वर्ष विम्बल्डनले मलाई एक खेलाडीको रुपमा धेरै नै परिवर्तन गर्यो ।

बार्टीले थपिन्—मैले कयौं पटक आफ्नो टिमसँग बताए कि ममा त्यति शक्ति छैन र इच्छाशक्ति पनि छैन । म शारीरिक रुपमा आफुलाई तयार गर्न सकिरहेकी छैन । मलाई लाग्दैन कि अब मैले केही गर्न सक्नेछु । मैले यस खेललाई आफ्नो सबै कुरा दिइसके । म धेरै खुशी पनि छु र मेरो लायि यही साँचो सफलता पनि हो ।

यस वर्ष अस्ट्रेलियन ओपन जितिन्
बार्टीले यसै वर्ष अस्ट्रेलियन ओपनमा उपाधि जितिन् । यो हरेक वर्ष हुने चार ग्रान्डस्लाममध्ये एक प्रतियोगिता हो । फाइनलमा अमेरिकाकी डेनियल कोलिन्सलाई सीधा सेटमा हराएर उनले उपाधि जितेकी थिइन् । यो उनको करियरमा तेस्रो सिंगल्स ग्रान्डस्लाम उपाधि पनि थियो । जितको साथै बार्टीले इतिहास रचेकी थिइन् ।

अस्ट्रेलियन ओपनमा ४४ वर्षपछि महिला सिंगल्स उपाधि जित्ने बार्टी पहिलो अस्ट्रेलियन खेलाडी बनेकी हुन् । पछिल्लो पटक सन् १९७८ मा अस्ट्रेलियन खेलाडी क्रिस ओनीलले घरेलु ग्रान्डस्लाम प्रतियोगितामा उपाधि जितेकी थिइन् । यसपछि बार्टीले अस्ट्रेलियन ओपन जितिन् ।

यूएस ओपन जित्न सकिनन्
बार्टीले हरेक वर्ष हुने चार ग्रान्डस्लाम प्रतियोगितामध्ये तीन वटामा उपाधि जितेकी छन् । उनले फ्रेन्च ओपन २०१९ मा जितिन् भने २०२१ मा विम्बल्डन उपाधि जितेकी थिइन् । यस वर्ष उनले अस्ट्रेलियन ओपन पनि जितिन् । तर, उनले यूएस ओपन भने जित्न सकिनन् । यूएस ओपनमा उनी २०१८ र २०१९ गरी दुई पटक सेमिफाइनलसम्म पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्