न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा हुँदै



पोखरा, (नेस) ।

पोखरा महानगरपालिकाले आगमी चैत १४ गते न्यायिक समितिहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपालमै पहिलोपटक महानगरले देशभरका स्थानीय तहहरूमा रहेका उपप्रमुख तथा उपाध्यक्षहरूको पोखरामा भेला हुँदै छन् । देशका ७ सय ५३ वटै स्थानीय तहमा न्यायिक समितिले के कसरी काम गरे भन्ने विषयलाई नै मुख्य आधार बनाएर कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ ।

पोखरा महानगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिमा बसेर आजसम्म काम गर्दा सदस्यहरूलाई के अप्ठेरो परे र कस्ता अभ्यास भए, काम गर्दा चुनौतीहरू आए भन्ने विषयमा छलफल गरी आगामी दिन अझ सशक्त भएर लाग्न प्रेरित मिल्ने बताउनुभयो ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा बताउनुभयो । ‘पोखरा महानगरसंग त कानुनी अधिकृत नै थियो त्यो भएर पनि उजुरी प्रशासकको रूपमा अभिलेख संरक्षकको रूपमै कानुन अधिकृतहरूलाई राख्यौँ’, उहाँले भन्नुभयो– ‘हामीलाई त्यति गाह्रो भएन ।’

उहाँले आफंै पनि कानुनी क्षेत्रबाट नआएका कारण कानुनका कतिपय शब्दहरू निकै जटिल भएको सुनाउँदै सम्मेलनले आम नागरिकलाई सेवा दिनका लागि एकले अर्काको सिको गर्न महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

‘शब्दहरू जटिल थिए बुझ्न गाह्रो भयो सुन्दै नसुनेको शब्द सुन्दा अध्ययन गर्न निकै गाह्रो भयो । हामी के चाहान्छौं भन्दा हाम्रो कारणले कुनै पनि नागरिक विवाद लिएर आउँदा अन्याय नहोस् त्यो हिसाबले नसोहोस् अध्यनको पाटाहरू बढी हुने भएकाले पनि कुन काम चुनौती भयो, कुन काम असल भयो भन्ने विषयलाई लिएर यो सम्मेलन गर्न लागेका हौँ’ –उहाँले भन्नुभयो । सम्मेलन सफल पार्न विभिन्न ८ समितिहरू गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्