श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु



हेटौंडा ।

हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको बताइएको छ ।

श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्