राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस्