अभिनेत्री करिष्मा मानन्धर एमालेमा प्रवेश गर्दै



काठमाडौं ।

अभिनेत्री करिष्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । दिउँसो १ बजे कार्की ब्यांकेट, बबरमहलमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

उनी यसअघि डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै अभिनेत्री मानन्धर उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन् ।

समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दलसमेत एमालेमा प्रवेश गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्