सात पूर्वशिक्षक सम्मानित



गुल्मी ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीले ७ जना पूर्वशिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सांसददेखि गाउँपालिका उपाध्यक्षसम्म रहेका छन् । संगठनको १३औं जिल्ला अधिवेशनमा शनिबार जिल्ला सदरमुकाम तम्घासमा उनीहरू सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा संघीय सांसद मैना भण्डारी, प्रदेश सांसद खड्ग केसी, मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी, उपाध्यक्ष सरिता खड्का, इस्मा गाउँपालिका उपाध्यक्ष विमला केसी, रूरूक्षेत्र गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी पन्थ रहेका नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुभयो ।

त्यस्तै, नेपाल बाल संगठन जिल्ला अध्यक्ष केशरबहादुर थापा, सामुदायिक विद्युत् संघ नेपालका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीलाई पनि सम्मान गरिएको थियो । सम्मान गरिएका व्यक्तिहरु शिक्षक पदमा रहेर शिक्षण पेसामा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्