अञ्जन माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बासडर



काठमाडौं ।

कुसुन्तीस्थित माछापुच्छ्रे स्कुलले राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी अञ्जन विष्टलाई माछापुच्छ्रे स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौता पत्रमा माछापुच्छ्रेका अध्यक्ष डा. विनोदप्रसाद यादव र अन्जनले शनिबार एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो । दुई वर्षका लागि अञ्जनलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।

एन्फा एकेडेमीका उत्पादन अञ्जन मनाङ मस्र्याङ्दीका कप्तान हुन् । अन्जन नेपाल सुपर लिगको दोश्रो संस्करणमा सहभागी हुने नवप्रवेशी टिम झापा एफसीका मार्की खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्