सुदूरपश्चिमको टोली घोषणा



बैतडी ।

मुख्यमन्त्री कप उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताको लागि स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ ।

टोलीका अन्य सदस्यहरूमा यशु पाण्डेय उपकप्तान, अन्नु कडायत विकेटकिपर, मनिषा चौधरी, जानकी थापा,सुधा धामी,पवित्रा धामी, यशोदा विष्ट,मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् ।

यस्तै, लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्पिक खेलाडीको रूपमा छनौट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको हो ।

टोलीको प्रशिक्षकमा जानकी कुमारी भट्ट र व्यवस्थापक राजु घलेलाई जिम्मेवारी दिइएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेशको सहयोगमा यही चैत ६ गतेदेखि धनगढीमा उन्नाइस वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैंछ । उन्नाइस वर्षमुनिको मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पहिलोपटक आयोजना गरिएको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका सातै प्रदेशको सहभागिता रहनेछ । उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णालीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्