पोखरीमा डुबेर सेनाका जवानको मृत्यु



चितवन ।

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।बुधबार साँझ निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनीले दलदलमा हाम फालेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्