शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने



काठमाडौं (नेस) ।

संसारका २ सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै देशभर आन्तरिक रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको रेमिट कम्पनी ई–सेवा मनी ट्रान्सफरले अब शून्य शुल्कमा नेपालभर आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ ।

यो सुविधा मार्च १, २०२२ बाट प्रारम्भ भएर मे ३१, २०२२ सम्म रहने कम्पनीले जनाएको छ । ई–सेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले ई–सेवा मनी ट्रान्सफरमार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स, नेपालभर रहेका १० हजार बढी भुक्तानी केन्द्र तथा ५ हजार बढी ई–सेवाका एजेन्टमार्फत तुरुन्तै पाइने कम्पनीले जनाएको छ ।
नपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको कारोबारमा प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजारसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ‘शून्य शुल्कमा रेमिट्यान्स’ सेवाले निकै ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, यस ३ महिने शून्य शुल्कमा रेमिट्यान्स सेवा अवधिका दौडान, ई–सेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी ९ आइ स्मार्ट फोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि, ई–सेवा वालेट प्रयोगकर्ताले ई–सेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरी ई–सेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनुपर्ने हुन्छ ।

ई–सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

स्कुलको शुल्क भुक्तानीमा विभिन्न अफर
नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक ई–सेवामार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । ई–सेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिने अफर ल्याएको छ । यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिने छ भने किड्स इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क सब्क्रिब्सन गर्न सकिने छ । ई–सेवामार्फत देशभरबाट ४ हजार सयभन्दा बढी स्कुलको शुल्क भुक्तानी गर्न सकिने भएको छ ।

हाल ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेको छ । ई–सेवामा हाल मर्चेन्टको संख्या २ लाख बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्