आज फागुन २७ गते शुक्रबार, यस्तो छ राशिफल

0
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै अनावश्यक यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट