नेपाली गोलपोस्टकी ‘एन्जिला’



काठमाडौं ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमको कथा आक्रमण र गोल मात्र त पक्क होइन होला । गोल मात्र गरेर खेल जितिन्न, आफ्नै पोस्टको पनि त सुरक्षा गर्नुपर्छ होला । हो नै । महिला राष्ट्रिय फुटबल टिमको चर्चा गर्दा त्यो विषय अधिकांश समय अग्रपंक्तिमा गोल गर्ने खेलाडीमै केन्द्रित हुन्छ । तर, त्यस्ता केही खेलाडी पनि छन्, जसले चुपचाप आप्mनो जिम्मेवारी खुबै निभाइरहेका छन् र टिमलाई गति दिइरहेका छन् । तिनमै एक हुन्, एन्जिला तुम्बापो सुब्बा ।

फेरि नेपाली फुटबलमा राष्ट्रिय टिम भनेको पुरुषकै मात्र पनि होइन्, महिलाको पनि छ । तर किन हो, चर्चा बढी पुरुष टिमकै हुन्छ । फेरि भनौं, त्यस्ता केही खेलाडी छन्, जसले चुपचाप महिला फुटबललाई अगाडि बढाइरहेका छन् । धेरै गुनासो गर्दैनन्, तर आफ्नो काम बडो मज्जाले गरिरहेका छन् । फेरि तिनमै पर्छन्, एन्जिला । पछिल्लो एक दशक जतिको समय नेपाली महिला फुटबलले केही मीठा सफलता, अनि केही परिचित दोहोरिएका असफलता भोगेका छन् । तिनकै साक्षी हुन्, एन्जिला । यी इलामकी चेली नेपाल खेलकुद पत्रकार मञ्चले भर्खरै घोषणा गरेको पिपल्स च्वाइस अवार्ड ०७७ को मनोनयमा पर्न सफल पा“च खेलाडीमध्ये एक हुन् ।

कोही कसैलाई नेपाली महिला फुटबल मन पर्छ, समर्थन गरिन्छ र यसले राम्रो गरोस भन्ने कामना छ भने यो समय हो, एन्जिलाका लागि मतदान गर्ने । यसका लागि विद्युतीय भुक्तानी माध्यम ई सेवाबाट मतदान गर्न सकिन्छ, अनि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको फेसबुक पेजमा ग्एर लाइन पनि गर्न सकिन्छ । अबको केही दिनमा महिला राष्ट्रिय लिग शुरु हुन लागेको छ, त्यसैले, एपीएफ यसको जोडदार तयारी छ, त्यसैले एन्जिला आफै व्यस्त जस्तै छिन्, प्रशिक्षणमा, अभ्यासमा । एपीएफ उनका लागि अचेल सबथोक हो । यसै दौडधुपबीच आफू पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकोमा खुसी छ ।

उनका आफ्नै दाजु विदेश छन्, तिनले पनि फोन गरेर मनोयनका लागि एन्जिलालाई बधाइ दिएका छन्, उनको मन फुरुङ छ । आमा राधिका लामा छोरीको अहिलेको प्रगतिमा खुसी छिन्, एन्जिलाका लागि यो नै खुसीको बहाना बनेको छ ।एन्जिलाले अहिलेसम्म तय गरेको फुटबल यात्रामा तिनै आमाको ठूलो हात छ । फुटबल यात्रा मात्र के र ? पूरा जीवनकै यात्राको सबै श्रेय एन्जिला आप्mनी आमालाई दिन मन पराउँछन् । लगभग १२ वर्षको उमेरबाट फुटबल खेल्न थालेकी एन्जिलाले एक दशक भन्दा बढी समय यसमा बिताइसकेकी छिन् । राष्ट्रिय टिमकै सामाप्य सन् २०१६ यता हो । एन्जिलालाई खुब नाम कमाउने, आपूmले रोजेको क्षेत्रमा उत्तिकै सफल हुने इख थियो, कसलाई यस्तो देखाउनु थियो, अहिले त्यो पूरा भएको छ ।

फुटबल खेलेर नै उनको परिवारको समाज, टोल छिमेकमा इज्जत र शान बढेको छ । अब एउटा असल छोरीलाई यो भन्दा बढी के चाहियो र ? एन्जिलाको एक थोक इच्छा भने अभैm बाँकी छ र यो उनको मात्र इच्छा होइन्, नेपाली फुटबल मन पराउने सबैको हो । र, त्यो हो, भारतलाई हराउने र स्वर्ण जित्ने । उनी भन्छिन्, ‘जबसम्म यस्तो गर्न सकिन्न, केही गरेको जस्तो लाग्दैन ।’ विश्वास गरौं, उनको इच्छा पूरा हुनेछ । आखिर उनी नेपाली महिला राष्ट्रिय टिमकी ‘परी’ हुन्, अर्थात् नेपाली गोलपोस्टकी ‘एन्जिला’ । मतदान गरौं, उनलाई ।

प्रतिक्रिया दिनुहोस्