सेव र माउन्ट ग्लोरी अन्तिम १६ मा



काठमाडौं ।

सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । सेव समूह ‘एफ’ बाट तथा माउन्ट ग्लोरी समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भए । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार भएको खेलमा सेवले समूह चरणमा स्वस्तिश्री गुरुकुललाई २–१ को गोल अन्तरले तथा अर्को खेलमा मनास्लु इंग्लिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो ।

यो समूहबाट स्वस्तिश्री उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । स्वस्तिश्रीले मनास्लुमाथि ३–० को सहज जित निकालेको थियो । समूह ‘डी को खेलमा माउन्ट ग्लोरीले काठमाडौं लिंकनलाई ५–१ ले तथा अर्को खेलमा पृथ्वी बोर्डिङ स्कुललाई ३–० ले हरायो । यो समूहबाट काठमाडौं लिंकन उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।

यस्तै, समूह ‘ए’ बाट प्रगति बोर्डिङ स्कुल समूह विजेता र एन्जल्स हार्ट सेकेन्डरी स्कुल उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भए । प्रगतिले आयोजक न्यु एरा ‘ए’ लाई ३–० ले तथा एन्जल्स हार्टलाई २–१ ले हरायो । समूह ‘सी’ बाट सेक्रेट हार्ट र विभूतिले अन्तिम १६ मा स्थान बनाए । यो समूहमा तीनै टोलीको समान ३ अंक भए पनि गोलअन्तरमा चिल्ड्रेन हेराल्ड बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्