मेयर कपको उद्घाटनमा खलंगा विजयी



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि पाचौं संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ ।

उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ४ खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो । निंग्लाशैनी खेलमैदान देहिमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्यको जवाफमा ग्वाल्लेक टिम १९.५ ओभरमा १ सय ५१ रनमा समेटियो । टिमका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३० रनको योगदान गरे । खलंगाका गोविन्द नाथ र वीरेन्द्र चन्दले २/२ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको खलंगाले १९.४ ओभरमा अलआउट हुँदै १ सय ७२ रन जोडेको थियो । टिमका लागि प्रदीप चन्दले सर्वाधिक ६३ रन योगदान गरे । यस्तै, राजु भाटले ३५ रन बनाए । ग्वाल्लेकका लागि दीपक जोशी र पिताम्बर जोशीले ३/३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्