कांग्रेसको बोलीप्रति प्रचण्ड रुष्ट



काठमाडौं, (नेस) ।

आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली कांग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाउनुभएको छ । माओवादीकै बलमा कांग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उहाँले अपमानजनक रुपमा कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउनुभएको हो ।

एमसीसी सम्झौता संसद्बाट पारित गर्ने क्रममा कांग्रेसका सांसद डा. मीलेन्द्र रिजालले माओवादीलाई नीतिलाई लक्षित गर्दै अभिव्यक्ति दिनुभएको थियो । रिजालको अभिव्यक्तिले माओवादीका नेताहरु असन्तुष्ट बन्दै आएका छन् । अन्तिम अवस्थामा माओवादीले एमसीसी पारित गर्ने निर्णय गरेको भन्दै रिजालले संसदमा माओवादीको धज्जी उडाउने गरी अभिव्यक्ति दिनुभएको थियो ।

माओवादीले आगामी स्थानीय प्रदेशसँगै संघीय निर्वाचनमा पनि गठबन्धन बनाएरै अघि जानु पर्ने नीति लिएको छ । तर कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन गर्ने विषयलाई हात्तीको कानमा चमेराको बास भन्ने व्याग्य गर्नुभएको थियो । कांग्रेसका महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरु गठबन्धन नगरी एक्लै चुनाव लडनु पर्ने पक्षमा उभिदै आउनुभएको छ । मंगलवार कांग्रेसको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको चित्त दुख्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको थियो ।

सत्ता सहयात्री दल कांग्रेसबाट अपमान हुने अभिव्यक्ति आएपछि प्रचण्डले माओवादीकै कारण कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएकाले अपमानित हुने अभिव्यक्ति नदिन चेतावनी दिनुभएको हो ।

पार्टीको वागमती प्रदेशस्तरीय विस्तारित बैठकलाई गोदावरीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरुले आफूहरुलाई हात्तीको कानमा बसेका चमेरा भन्ने तथा गठबन्धन गरेर चुनाव जिताइदिने जिम्मा नलिने भनी दिएको अपमानजनक अभिव्यक्ति सह्य नहुने चेतावनी दिनुभयो । कांग्रेसलाई आफूहरुले सत्ताको सिंहासनमा पुर्याएको बताउदै उहाँले गठबन्धनविरुद्धका अभिव्यक्ति र माओवादी केन्द्र तथा नेकपा एसलाई अपमान गर्ने कुरा सैह्य नहुने बताउनुभयो । हामीलाई अपमान सैह्य हुन्न । अघिल्लो चुनावकै परिणाम हेर्ने हो भने पनि प्रत्यक्षतर्फ कांग्रेसभन्दा हाम्रो १० सिट बढी छ । त्यस्तो पार्टीलाई उचालेर सिंहासनमा राख्दा अहिले उसले हाम्रो अपमान गर्ने रु यस्तो सैह्य हुन्न, प्रचण्डले भन्ुनभयो । कांग्रेसका केही नेताले त्यस्तो अभिव्यक्ति दिए पनि चुनवासम्मै गठबन्धन कायम रहने प्रचण्डले कार्यकर्तालाई विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्