सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२प २९ ३४ नम्बरको मोटरसाइकल गएराती साढे १२ बजे पल्टीएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागी कर्णाली प्रदेशीक अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्