एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु हुँदै



काठमाडौं ।

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए ।

बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । पोलिटब्युरो सदस्यको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।

सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । २३ फागुनको बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्