काठमाडौं टिम च्याम्पियन



काठमाडौं ।

काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो । बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्यो ।

अशोक सम्मानित
सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई ‘सेकेन्ड क्लस’ रेफ्रीमा उत्तीर्ण हुन सफल भएकोमा आयोजकले सम्मान गरेको थियो । आयोजकले गत पुस १५ देखि १७ गतेसम्म आयोजना गरेको मेयर कप तेक्वान्दोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा काठमाडौं जिल्ला तेक्वान्दो संघलाई पनि सम्मान गरेको थियो ।

त्यस्तै, सोही प्रतियोगितामा पदक जित्न सफल बागमतीका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्णलाई ५, रजतलाई ३ र कांस्यलाई २ हजार नगदबाट पुरस्कृत गरियो । राष्ट्रिय टिम तयारीका लागि आयोजित दुईदिने छनोट प्रतियोगितामा २ सय ४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्