विपन्न बालबालिकालाई आर्थिक सहयोग



डोटी ।

वागेश्वरी असल शासन कल्ब बास नेपालले डोटीका चार जना असहाय तथा विपन्न बालबालिकालाई आर्थिक सहयोग गरेको छ । आमाबुबा नभएका परिवारको आर्थिक अवस्था कमजोर भएका तथा पठनपाठनमा समस्यामा परेका बालबालिकालाई सहयोग गरिएको हो ।

प्रतिव्यक्ति ५ हजार रुपियाँका दरले नगद हस्तान्तरण गरेको थियो । युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्वारा सञ्चालित बाल संरक्षण कार्यक्रमअन्तर्गत जोखिममा रहेका, आमाबुबा नभएका बालबालिकालाई सहयोग गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका–६ सिलगाउँ बस्ने पद्मपब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आमाबुबा नभएका बाजे र हजुरआमाको सहारामा बस्दै आएकी १५ वर्षीया जानकी नेपाली, दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडी घर भएका आमाबुबा नभएका हजुरआमासँगै बस्दै आएका सोही स्कुलमा कक्षा ९ मा अध्ययनरत १३ वर्षीय छत्र कुन्जेडा रहेका छन् ।

यसै गरी, दिपायल सिलगढी–६ मूलढोका बस्ने १२ वर्षीय आमाबुबा नभएका कक्षा–१ मा अध्ययनरत पवन विक र दिपायल सिलगढी नगरपालिका–७ रातोली घर भएका बुबा नभएका पद्मपब्लीक मुक्तिनारायण माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १५ वर्षीया रेचल विकलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त सहयोग गरिएको अधिकृत मौनीले बताउनुभयो ।

बास नेपालले युनिसेफको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम, जोखिमपूर्ण सञ्चार र सामुदायिक सम्लग्नता परियोजना सञ्चालमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्