तिरूको एकीकृत बस्ती निर्माणकार्य तीव्र



रसुवा, (नेस) ।

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–१ तिरूमा निर्माणाधीन एकीकृत बस्तीको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ । प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य इन्जिनियर मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा सो बस्ती निर्माण भइरहेको हो ।

एकीकृत बस्तीमा गुम्बा, खानेपानी योजना, र विस्थापित परिवारको निजी आवास निर्माणको काम धमाधम भइरहेको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो ।
२०७२ सालको भूकम्पले तिरूमा धेरै नै क्षति गरेको थियो । आफ्ना भवन भूकम्पले भत्काएपछि तिरुबासी विस्थापित जीवन बिताइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्