नेपाली कांग्रेस रौतहटको सभापतिमा यादव निर्वाचित 



रौतहट । 

नेपाली कांग्रेस रौतहटको १४औँ अधिवेशनबाट सुनिल यादव (जीतेन्द्र) सभापतिमा विजयी भएका छन् । जुद्ध माध्यमिक विद्यालय गौरमा भएको मतदानको परिणाम अनुसार सुनिल यादबले १ हजार ३ सय ६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व हृदय नारायण यादवले १ हजार ६२ मत प्राप्त गरेका छन् ।

सभापतिका प्रतिस्पर्धाको ३ सय मतान्तर फरकले सुनिल यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ । यसैबिच उपसभापतिमा राम लोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत र अर्का उपसभापतिमा धिरेन्द्र कुमार सिंहले १ हजार २ सय ८७ मत प्राप्त गरी विजय भएका छन् ।

यस्तै सचिवमा राजेश कुमार चौधरी १ हजार ३ सय ५ मत र रामचन्द्र गिरीले १ हजार १ सय ४२ मतले विजयी भएका हुन् । त्यसै गरी सह सचिवमा मोहम्मद फिरोज आलम १ हजार ३ सय ८३ मत र सिकेन्द्र प्रसाद पटेलले १ हजार २ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् ।

नेपाली कांग्रेस रौतहटमा २ हजार ५ सय ९१ मतदाता रहेकोमा २ हजार ५ सय १८ मतदान भएको थियो । गएको २१ गते अधिवेशन हुने भनिए पनि निर्वाचन समितिले फाल्गुण २३ गते मात्रै निर्वाचन गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्