काठमाडौं ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। त्रिभुवन आर्मी ६ स्वर्ण, २ रजत र ६ कास्यसहित कूल १४ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भयो। दोश्रो स्थान प्राप्त नेपाल एपीएफ क्लबले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गड्डयो।
तेश्रो स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य हासिल गड्डयो बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन्। मन्दिराले फाईनल खेलमा चिरप्रतिद्वन्दि टिम त्रिभुवन आर्मीकी रमा सिंहलाई १५-१२ को झिनो अन्तरले पराजित गर्दै स्वर्ण जितिन्। तेश्रो स्थानमा त्रिभुवन आर्मीकी मनिषा राई र बागमतीकी अञ्जु तामाध्र रहे।
पुरुष टिमतर्फ फ्वाईलमा त्रिभुवन आर्मीले जित हात पार्दै स्वर्ण कब्जा गड्डयो। त्रिभुवन आर्मीले बागमतीलाई ४५-२९ ले पराजित गड्डयो। कास्य पदक गण्डकी र एपीएफले प्राप्त गरे। यस्तै टिम महिला सावरमा पनि त्रिभुवन आर्मीले स्वर्ण हात पाड्डयो। फाईनलमा त्रिभुवन आर्मीले एपीएफलाई ४५-३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो। बागमती र गण्डकीले कास्य पदक हासिल गरे।
महिला टिम फ्वाईलतर्फ एपीएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गड्डयो। एपीएफले बागमतीलाई ४५-३६ अंकले परातिज गरेको हो। यस विधामा त्रिभुवन आर्मी र प्रदेश नं। १ ले कास्यमा चित्त बुझाए। पुरुष इपी टिमतर्फ आर्मीले एीपएफलाई ४५-४० अंकले पराजित गर्दै स्वर्ण हात पाड्डयो। तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश नं। १ रहे। पुरुष सावरतर्फ एपीएफले स्वर्ण जित्दा बागमतीले रजतमै चित्त बुझायो। एपीएफले बागमतीलाई ४५-३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो। आर्मी र प्रदेश १ ले कास्य पदक प्राप्त गरे।
बिजयी खेलाडीहस्लाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं गणेशमान फाउण्डेशनका अध्यक्ष प्रकाश मान सिंह, महिला नेतृ श्रृजना सिंहलगायतले पुरस्कार वितरण गरेका थिए। तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो। १२ स्वर्ण पदकका लागि १ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
खेलाडी सम्मान
प्रतियोगितामा ब्यक्तिगत स्पर्धा तर्फ दुई स्वर्ण प्राप्त गर्ने बागमती प्रदेशका खेलाडी ओमकार सिंहलाई नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले ब्यक्तिगत १० हजारले सम्मान गरे।
यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको उपाधि पाएका एपीएफका शेरसिंह ऐरीलाई भारतबाट आएका निर्णायकहस् सन्तोष पाण्डे र बिशाल रावले खेल सामाग्री प्रदान गर्दै सम्मान गरे। प्रतियोगितामा गण्डकी प्रदेशबाट सबैभन्दा कम उमेरकी खेलाडी (११ वर्ष) प्रतिक्षा रानाले पनि सहभागिता जनाएकी थिईन्। उनले सिनियर प्रतिस्पर्धामा दुई खेल जित्न पनि सफल भएकी थिईन्।











प्रतिक्रिया